आजदेखि चक्रपथमा बिहान ५ देखि राती ८ बजेसम्म टिप्पर चलाउन रोक

काठमाडौं, साउन ३ । सरकारले आजदेखि चक्रपथमा दिउँसोको समयमा टिप्पर चलाउन रोक लगाएको छ । टिप्परको ठक्करबाट धेरैको ज्यान गएको भन्दै उपत्यकामा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिप्पर चलाउन रोक लगाइएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बेलुकी ८ देखि बिहान ५ बजेसम्म भने चक्रपथमा टिप्पर चलाउन पाइनेछ । टिप्पर चलाउन रोक लगाए पनि ट्रकलाई भने चल्न दिने निर्णय भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *