विकिनीमा बोल्ड देखिएकी सुपुष्पा

चैत्र ५, काठमाडौँ । चलचित्र  ‘चपली हाइट ३’ मा मुख्य भूमिका निभाएकी नायिका सुपुष्पा भट्टको केहि बोल्ड तस्बिरहरु बाहिरिएको छ ।   

चलचित्र  ‘चपली हाइट ३’ को सेटबाट बाहिरिएको उक्त तस्बिरमा स्विमिङ पुलमा विकिनी रुपमा देखिएकी सुपुष्पा निकै बोल्ड र हट देखिएकी छिन् ।  चलचित्रमा सुपुष्पाको यो अवतारले पनि दर्शकमा उनको भूमिकालाई लिएर कौतुहलता जाग्न सक्छ । 

प्रदर्शन मिति चैत्र २८ तय गरिएकाे ‘चपली हाइट ३’मा सुपुष्पासँगै  स्वस्तिमा खड्का, महेश त्रिपाठी, आमिस गौतम, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । 

निकेश खड्काले निर्देशन गरेको यस चलचित्रमा अर्जुन कुमारको लगानी रहेको छ ।   

तेस्रो सिरिजमा निर्माण भएको ‘चपली हाइट ३’ मा यस अघिको पहिलो सिरिजमा नायिका विनिता बराल र दोस्रो सिरिजमा नायिका परमिता आर एल राणा बोल्ड अवतारमा देखाईएको थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =