डा. केसीलाई सभापति देउवाले भने, ‘अनशन तोड्नुस्, ज्यान नफाल्नुस्’

 

माघ १७, काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । 

बिहीबार डा. केसीलाई भेट्न गगन थासहित शिक्षण अस्पताल पुगेका सभापति देउवाले चिकित्सा शिक्षा संशोधनका लागि लडिरहने बताए । 

null

देउवाले कांग्रेसको अवरोधकाबीच जबर्जस्ती चिकित्सा शिक्षा पारित भएको दाबी गर्दै केसीका सबै मागमा वार्ता हुनुपर्ने बताए। 

अनशनका नाममा आफ्नो ज्यान नफाल्न आग्रह गर्दै उनले डा. केसीलाई भने, ‘सरकारले माग पूरा गरेन भनेर ज्यान नफाल्नुस्, जीवनरक्षा गर्नुस्। तपाईँको ज्यान तलमाथि भएपनि सरकारलाई मतलब छैन ।’ 

तर, डा. केसी भने अनशन जारी राख्ने अडानमा छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =