हिमरश्मी क्वाटर फाइनलमा
२०७६ माघ १० गते

माघ १०, काठमाडाैँ । हिमरश्मी पाँचौं ओप्स खेलकुद सप्ताह अन्तर्गत ब्वाइज फुटबलमा शुक्रबार क्वाटर फाइनलमा प्रवेश गरेको छ । हिमरश्मीसंगै प्रगति र विभूति पनि क्वाटर फाइनलमा पुगे । तीनै टोली समान १–० को नतिजामा बिजयी भए ।
हिमरश्मीले एन्जल्स हर्ट, प्रगतिले कौशल र विभूतिले ज्ञान मन्दिरलाई १–० गोलले पराजित गरेका हुन् । हिमरश्मीका अनिल गुरुङ, प्रगतिका रोजश खड्गी र विभूतिका उज्ज्वल लामाले निर्णायक गोल गरे । बाँकी तीन खेल गोलरहित बराबरीमा टुंगियो ।
२०७६ माघ १० गते
प्रतिक्रिया
सम्बन्धित








