पिपिएल क्रिकेट : पहिलो खेलमा पोखरा पल्टन ९ विकेटले विजयी
२०७६ मंसिर २९ गते

मंसिर २९, पोखरा । दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा पोखरा पल्टन विजयी भएको छ । पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गर्दै पोखरा पल्टन विजयी भएको हो । काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १४.१ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो ।
पोखराको जितमा कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ६५ रन बनाएका हुन् । त्यस्तै ओपनिङमा आएका आसिफ शेखले १० बलमा १४ रन बनाए। रवि इन्द सिंहले ३२ बलमा ३८ रन बनाए। उनले ५ चौका १ छक्का हाने। कुशल र रविले ८८ रनको साझेदारी गरे।
काठमाडौंका सुशन भारीले एक विकेट लिएका थिए ।
null
त्यसअघि टस हारे पहिले ब्याटिङमा आएको काठमाडौं गोल्डेनले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो।
२०७६ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित








