सक्रिय खेल जीवनबाट लिएको सन्यास फिर्ता लिँदै ब्राजिलका सुपरस्टार रोनाल्डिन्हो मैदानमा फर्किँदै

भदौ २७, एजेन्सी । ब्राजिलका सुपरस्टार फुटबलर रोनाल्डिन्होले आफ्नो खेलजीवनबाट लिएको सन्यास फिर्ता लिएका छन् । उनले ३९ बर्षको उमेरमा सन्यास फिर्ता लिएका हुन् । आब आफ्नो सन्यास फिर्ता लिएसँगै उनले कोलम्बियाको सान्टा फेबाट फेरि फुटबल खेल्ने भएका छन् । 

२०१८ को जेनवरीमा सक्रिय खेलाडी जीवनबाट सन्यास लिएको भएपनि रोनाल्डिन्होले फेरि मैदानमा फर्किने पक्का भएको छ । विश्व फुटबलमा सुपरस्टारको पहिचान बनाएका उनले यही अक्टोबर १७ तारिखमा हुने मैत्रीपूर्ण खेलबाट मैदानमा फर्किन लागेको श्रोतले जनाएको छ ।   

साथै उनले कोलम्बियाको डर्बीमा पनि खेल्नेछन् जसमा अमेरिका र डिपोर्टिभो कालीबीच प्रतिस्पर्धा हुनेछ । २ पटकका फिफा बर्ष खेलाडी समेत रहि सकेका उनी २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा टिमका सदस्य रहेका थिए । 

null

उनका बुवाआमाले गुइबा नदीमा फिसिङ प्ल्यार्टफर्म अवैधानिक रुपमा खोलेको भन्दै अदालतले २ दशमलव ३ मिलियन डलर जरिवाना लगाएपछि उनका बुवाआमाले उक्त जरिवाना नतिरेको भन्दै उनलाई समेत अदालतले देश बाहिर जाँदा अनुमति लिनुपर्ने निर्देशन दिएको थियो । 

यद्यपी उनले आफ्नो सक्रिय खेल जीवनबाट लिएको सन्यास फिर्ता लिँदै पुनः सक्रिय खेल मैदानमा उत्रिने उनको निर्णय र अदालतको निर्देशन कसरी तालमेल मिलाउने हुन् त्यो भने निकट भविष्यमै थाहा हुने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =