सरस्वती पुजाको तयारी गर्दा करेन्ट लागेर शिक्षकको मृत्यु
२०७५ माघ २७ गते

माघ २६, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नं. २ साडेपानीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा वडा नं. २ मा रहेको दशरथ मा.बि.का शिक्षक २३ बर्षिया हुकुम जैशी भएको बताईएको छ । सरस्वती पुजाको तयारीका लागी हरियो बास काटेर तान्ने क्रममा बासले नाङ्गो तार लाई छोए पछी करेन्ट लागेको थियो ।
उपचारका लागी अस्पताल लैजादै गर्दा बाटो मै ज्यान गएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
null
२०७५ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित








