जब उनी २९ राउन्ड गोली लिएर जहाज चढ्दै थिए…
२०७६ माघ १२ गते

माघ १२ , पोखरा । २९ राउण्ड गोलीसहित पोखरा विमानस्थलबाट एक युवा पक्राउ परेका छन् ।
राइफलमा प्रयोग हुने गोली लिएर जहाज चढ्न लागेका पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाही आइतबार पक्राउ परेका हुन् ।
२२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित उनी यति एयरको बिहान १०ः१५ को उडानबाट काठमाडौं उड्न लागेका थिए।
null
विमानस्थलमा चेकजाँचको क्रममा एक्सरे मेसिनले फलामजन्य वस्तु देखाएपछि झोला खोतल्दा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जनाएका छन् ।
उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२०७६ माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित








