उर्जा क्षेत्रमा बेलायती लगानिकर्ता भित्र्याइदिन राजदूतसँग आग्रह

काठमाडौं, असार २९ । उर्जा, सिँचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी बेलायती राजदूत रिचार्ड मोरीसबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा शुक्रबार भएको भेटमा उर्जामन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग शुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानीका लागी प्रोत्साहन गरिदिन राजदूत मोरीसलाई आग्रह गरेका छन् ।

आफु उर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै उर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र समेटिएको श्वेतपत्र सार्वजनिक गरिएको जानकारी समेत दिए । मन्त्री पुनले प्रशारण लाइनको गुरु योजना भर्खरै मन्त्रालयको तर्फबाट सार्वजनिक भएको भन्दै त्यसमा बेलायती लगानिकर्तालाई लगानी गर्न आग्रह गरे ।

भेटमा मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा समेत लगानीको उपयुक्त वातावरण बनेको धारणा राखेका छन् । वर्तमान सरकारको निति लगानीमैत्री वातावरण बनाउने रहेको भन्दै त्यसका लागी नयाँ नीति ल्याउने र केही नितिमा परिमार्जन गर्ने तयारी भइरहेको समेत जानकारी गराएका छन् ।

भेटमा राजदूत मोरीसले उर्जा क्षेत्रमा सहकार्य गर्न बेलायत सरकार तयार रहेको बताए । वैकल्पिक उर्जाको क्षेत्रमा बेलायती सहयोग नियोग डिएफआईडीमार्फत काम भइरहेको जानकारी दिँदै आगामी दिनमा समेत सहकार्य जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राजदूत मोरीसले नेपाललाई सहयोग गर्ने विषयमा विकास साझेदार अन्य अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग समन्वयात्मक ढंगले काम गर्न आफुहरु तयार रहेको धारणा समेत राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =