प्रदेश २ का मुख्यमन्त्री राउतलाई मातृशोक

धनुषा, असार २९ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ ।

आज अपरान्ह् सवा तीन बजे मुख्यमन्त्री राउतको आमा राधिका देवीको निधन भएको छ । उनी ७० वर्षर्की थिइन् ।

सामान्य ज्वरो आएपछि उपचारका लागि तीन दिनअघि सिमावर्ती भारतीय शहर रक्सौलस्थित डंकन अस्पतालमा भर्ना गरिएको उनको उपचारका क्रममा निधन भएको मुख्यमन्त्री राउतको पारिवारिक स्रोतले जनाएको छ ।

उनलाई अन्तिम संस्कारका लागि आजै पैतृक गाउँ पर्साको जगन्नाथपुर लाने र भोलि बिहान ९ बजे मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले जनाएका छन् ।

मृतक राउतका दुई छोरा र दुई छोरी छन् । जेठो छोरा लालबाबु राउत प्रदेश नं २ का मुख्यमन्त्री छन् भने कान्छो छोरा रामबाबु राउत कृषक छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 12 =