सेरेना विलियम्स विम्बल्डन टेनिसको फाइनलमा प्रवेश,उपाधिका लागि सेरेना र एन्जेलिक भिड्ने
२०७४ जेठ १५ गते

“
काठमाडौं, असार २९ । पुर्व विश्व नम्बर एक अमेरिकी खेलाडी सेरेना विलियम्स विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । महिला सिंगल्सतर्फ बिहिबार भएको सेमिफाइनलमा जर्मनीका जुलिया गोर्गेसलाई हराएर सेरेना उपाधि नजिक पुगेकी हुन् ।
सेन्टर कोर्टमा २५ औं बरियताकी सेरेनाले १३ औं बरियता प्राप्त गोर्गेसलाई ६-२ र ६-४ ले हराईन् । २३ पटकको ग्रान्डस्लाम बिजेता ३६ बर्षीय सेरेनाले अब जर्मनीका एन्जेलिक केर्बेरसंग उपाधिका लागि खेल्ने छिन् ।
केर्बरले सेमिफाइनलमा डेनमार्ककी जेलेना ओस्टापेनकोलाई हराएकी हुन् । ११ औं बरियताकी केर्बरले १२ औं बरियताकी ओस्टापेनकोमाथि ६-३ र ६-३ को सोझो सेटमा जित निकालिन् । महिला सिंगल्सको फाइनल खेल शनिबार हुनेछ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








