युरोकप छनोटः पोर्चुगलबाट लिथुवानिया ५–१ गोल अन्तरले पराजित, पोर्चुगलको जितमा रोनाल्डोको मात्रै चार गोल

भदौ २५, काठमाडौँ । युरोकप छनोट अन्तर्गत जारी खेलमा पोर्चुगलले लिथुवानियालाई ५–१ को भारी गोल अन्तरले पराजित गरेको छ । । मंगलबार राति भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोले मात्रै चार गोल गरेका थिए ।   

खेलको सातौं मिनेटमा नै रोनाल्डोले टिमका लागि पहिलो गोल गरेका थिए । २८ औं मिनेटमा लिथुवानियाले एक गोल गर्दै खेल एक एकको बराबरीमा पुर्‍यायो ।   खेलको पहिलो हाफ बराबरीमा टुंगियो । त्यसपछि भने लिथुवानियाले कुनै पनि गोल गर्न सकेन । 

खेलको ६१ ,६५, र ७६ औं मिनेटमा रोनाल्डोले लगातार लगातार ४ गोल गरे । भने  इन्जुरी समयको दोस्रो मिनेटमा विलियन कारभाल्होले निर्णायक गोल गर्दै खेललाई जिताउन सफल भए ।   

यो जितपछि पोर्चुगलले समुह ‘बी’ मा चार खेलबाट ८ अंक पुर्याएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =