आज बुुधबार तपाईको राशिफल यस्तो छ

काठमाडौं । आज मिति २०७५ साल मंसिर २६ गते बुधबार, यस्तो छ तपाईको राशिफल ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। साथीभाइसित भेटघाट हुने योग छ। खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ। जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ। रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ। स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन।
null
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ। धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नु पर्नेछ। साँझपख शुभ समाचार आउन सक्छ। घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीको राय लिनु राम्रो हुन्छ। दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बोलीको विपरीत अर्थ लाग्न सक्छ। शरीर भारि र मन अस्थिर रहने संकेत छ। आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। यात्रा नगरेको जाति हुन्छ, चोटपटकको भय हुनेछ वा यात्राका क्रममा झर्कोलाग्दो र धनमाल हराउने सम्भावना पनि देखिंदैछ। परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझी दिंदैनन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेममा सफलता प्राप्त हुनेछ। अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन्। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ। पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ। आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ। बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन्। जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ। बन्दव्यापारबाट लाभ नै हुनेछ। पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ। पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ। धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ। बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ। घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ। स्वास्थ्य सबल रहने छ। प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ। व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ। आम्दानीमा कमी आउने छैन्। अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ। यात्राको सम्भावना छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
राम्रो÷नराम्रो दुबै खालका परिणाम प्राप्त हुनेछ। वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन। दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ। घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ। दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ। घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ। कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न। स्वास्थ्य अनुकूल हुनेछ। मित्र, परिवार र सहयोगीले साथ दिनेछन्। लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ। व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ। परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ। रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ। ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हाँसखेल र मनोरञ्जनका लागि समय निकाल्न सकिंदैन। सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले गर्नै पर्ने र विशेष काममा बाधा पुग्नसक्छ । दैनिक कामकाजमा बाधा आउने छ। शत्रुहरूको गतिविधिले असर पार्नसक्छ। साँझपख अझ प्रतिकूल छ। गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ।








