ए डिभिजन लिगमा आज दुई खेल हुँदै

पुष २८, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा न्यूरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ । खेल मध्यानह १२ बजे हुने छ ।
अहिलेसम्म भएका पाँच मध्ये दुई खेलमा जित, दुईमा हार र एक खेलमा बराबरी गरेको एनआरटी पाँच अंकसहित नवौँ स्थानमा छ । गएको सिजन पुछारमा रहेकाले एनआरटीबाट यो सिजन दुई अंक काटिएको छ । यस्तै दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको पुलिस क्लब ८ अंकसहित छैटौँ स्थानमा छ ।
यस्ते दिउँसो ३ बजेपछि हुने खेलमा च्यासल युथ क्लबले सशस्त्र प्रहरीको ९एपिएफ० सँग प्रतिस्पर्धा गर्नेछ।

पाँच खेल मध्ये एकमा जित तथा दुईमा बराबरी र दुईमा पराजित भएको च्यासल पाँच अंकसहित १० औँ स्थानमा छ । यस्तै एकमा जित एकमा बराबरी र तीनमा हार बेहोरेको एपिएफ चार अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।








