स्थानीय तह र विपत् ब्यवस्थापन सम्बन्धी संस्थाले अभिमुखिकरणलाई प्राथमिकता दिदै

कैलाली असार २६ ।  स्थानीय तह तथा विपत् सम्बन्धी काम गर्ने संस्थाले बिपत ब्यवस्थापन तथा जलवायू परिवर्तन सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन ।  कैलालीको बर्दगोरिया गाउँपालिकाको आयोजनामा विपत ब्यवस्थापन तथा जलवायू परिवर्तन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

डीएफआईडी (युके) र बिआरएसईडीको आर्थिक सहयोगमा आईडीई नेपालको साझेदारीमा सिर्जनशिल समाजको सिर्जना (सीसीएस) द्वारा अनुकूलन ५ परियोजना अन्तर्गत कार्यक्रम गरिएको छ । गाउँपालिकाको वडा नम्बर–३ मा रहेको जगदम्बिके भगवती माविमा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण सीसीएस कैलालीका लापा लिड (प्रशिक्षक) खडक बहादुर बिकले गरेका थिए ।

हरेक वर्ष वर्षायाममा आउने बाढीपहिरोबाट हुने क्षति र यसको न्यूनीकरणका लागि अपनाउन सकिने उपाय, पूर्व सतर्कताका विषयमा कार्यक्रममा छलफल गरिएको छ । वडास्तरीय कार्यक्रममा वडाका जनप्रतिनिधि,विभिन्न सामाजिक संघसंस्था प्रमुख र प्रतिनिधि गरी १९ जनाको सहभागिता रहेको थियो । सहभागीलाई आइतबार र सोमबार गरी दुईदिनसम्म प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा बाढीबाट हरेक वर्ष हुने परिवर्तित जलवायूको उच्च जोखिमबाट कसरी सुरक्षा अपनाउन सकिन्छ भन्ने विषयमा अभिमुखिकरण गरिएको छ । नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई बाढीबारे सुरक्षा सतर्कता अपनाउन के गर्न सकिन्छ ? जनधनको क्षति कम गर्न र प्रभावित क्षेत्रमा कसरी राहत र उद्दार गर्न सकिन्छ भन्ने बारे जानकारी दिएको थियो ।

कार्यक्रममा स्थानीय क्षेत्रमा हालसम्म भएको बाढीपहिरोको क्षतिको अवस्था र न्यूनीकरणका उपायबारे समेत छलफल गरिएको थियोे । कार्यक्रममा सहभागीले नदीका कारण हरेक वर्ष खेतीयोग्य जमिन कटान भइ घर बस्ती नै बिस्तापित हुँदै आएको भन्दै सरोकारवाला निकायको ध्यान जानुपर्नेमा जोड दिएका छन् । उनीहरुले नदीमा आउने बाढीले चौतर्फी गाउँबस्ती नै जोखिममा रहेकाले केन्द्रीयस्तरबाट नदी तटबन्धनको बजेट योजना आवश्यक भएको बताए ।

नेपालको ६८ प्रतिशत भूभाग पहाडमा, १७ प्रतिशत तराई र १५ प्रतिशत भू–भाग हिमाली क्षेत्रमा पर्छ । वर्षाका बेला तराई तथा पहाडी क्षेत्र सबैभन्दा बढी जोखिममा रहेका छन् । पहाडमा पहिरोको जोखिम बढी छ भने, तराईमा बाढी र डुबानको जोखिम रहेको छ । त्यस्तै दुन, भावर र तराई मधेशका नदी किनारका घरहरू पनि बाढीका दृष्टिकोणले जोखिममा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 1 =