मष्तिष्कघात व्यवस्थापनका लागि नेपाल मेडिसिटीद्वारा धुलिखेलमा बृहद् छलफल

कार्तिक ३, काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले मस्तिष्क घात (स्ट्रोक) व्यवस्थापनका लागि १ सय भन्दा बढि चिकित्सकहरुसँग धुलिखेलमा बृहद् छलफल गरेको छ ।   

नेपाल मेडिसिटी अस्पतालले आयोजना गरेको ‘एक्युट स्ट्रोक केयर‘ विषयक अन्तर्क्रिया कार्यक्रममा कार्तिक १ गते शनिबार उक्त छलफल भएको हो ।   

मस्तिष्क घात भएका बिरामीहरुको उपचारमा चिकित्सकहरुको समन्वयको अत्यन्त आवश्यक पर्ने र गोल्डेन समय भित्रमा उसको उपचार एवं व्यवस्थापन हुन सकेको खण्डमा बिरामीहरुलाई धेरै क्षति हुनबाट जोगाउनका लागि यस प्रकारको छलफल एवम् अन्तक्र्रिया आवश्यक रहेको नेपाल मेडिसिटी न्यूरोसाइन्स विभागका प्रमुख वरिष्ठ न्यरोर्जन डा. गोपाल रमण शर्माले बताए ।   

कार्यक्रमका वक्ता एवम् सहभागीहरुले उक्त कार्यक्रममा सहभागी हुँदा नेपाल मेडिकल काउन्सिलले क्रमशः १.८ र १.६ क्रेडिट आवर प्राप्त गर्ने भएका छन् ।   

आकस्मिक उपचार आवश्यक पर्ने मस्तिष्कघात (स्ट्रोक) देखा परेपछि कति समयभित्र अस्पताल पुर्याउने, कहाँ पुर्याउने र के–कस्ता विषयमा ध्यान दिने लगायतका विषयलाई जनमानस सम्म पुर्याउन आवश्यक रहेको नेपाल मेडिसिटी अस्पतालका प्रमुुख न्युरोलोजिष्ट डा.बाबुराम पोखरेलले बताए ।   

कोर्सका निर्देशक समेत रहेका डा.पोखरेलले तीव्र किसिमको स्ट्रोकको व्यवस्थापनको विषयमा जानकारी गराएका थिए ।   

उक्त कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. सञ्जय कार्की, रेडियोलोजी विभाग प्रमुख डा. राम कुमार घिमिरे, आइसियु प्रमुुख डा. दिप्तेश अर्याल, न्यूरो रजिस्ट्रार डा. प्रभाव उपाध्याय, भिजिटिङ न्यूूरो सर्जन डा.मनोज बोहोराले आफ्नो विषयलाई प्रस्तुत गरेका थिए ।   

काठमाडौं विश्वविद्यालयका मेडिकल साइन्स विद्यालयका डिन प्रा.डा.राजेन्द्र कोजु प्रमुुख अतिथिको रुपमा रहेका कार्यक्रम नेपाल मेडिसिटी अस्पतालका न्यूरो साईन्सेजका प्रमुख एवं वरिष्ठ न्यूूरोसर्जन डा. गोपाल रमण शर्माको मुख्य संरक्षक रहेका थिए भने  कार्यक्रममा न्यूरो चिकित्सकहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =