रियल म्याड्रिड टोटेनह्यामसँग पराजित
२०७६ साउन १५ गते

एजेन्सी । टोटेनह्यामले रियल म्याड्रिडलाई मंगलबार १–० ले हराउँदै आउदी कपको फाइनलमा पुगेको छ । जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियललाई पराजित गर्दै टोटेनह्याम फाइनलमा प्रवेश गरेको हो । कप्तान हेरी किनले २२ औं मिनेटमा गरेको एक मात्र गोल टोलीको जितका लागि पर्याप्त रह्यो ।
केनले गोल गरेको केहि मिनेट पछि नै रियलले बराबरीको मौका पाएको थियो । तर, केरिम बेन्जिमाले गोलको राम्रो मौका चुकाएका थिए । केनकै अर्को प्रयासलाई भने रियलका गोलकिपर केलोर नाभासले रोकेका थिए ।प्रि सिजनमा पनि रियल दबाबमा रहेको छ । चेल्सीबाट इडन हाजार्जलाई भित्राएपनि उनले सोचे अनुरुपको प्रदर्शन दिन सकिरहेका छैनन् । जसका कारण प्रशिक्षक जिदानमाथि पनि दबाब बढिरहेको छ ।
२०७६ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








