पूर्व राजा शाहको अाज ७२ अाैं जन्मदिन, नेपालगन्जमा विभिन्न कार्यक्रम गरी मनाइदैे

बाँके, असार २३ । पूर्व राजा ज्ञानेन्द्र शाहको  ७२ औं  जन्मोत्सव शनिबार नेपालगञ्जमा विभिन्न कार्यक्रम गरी मनाइदैे  छ ।

जन्मदिनका अवसरमा पूर्व राजाले शनिबार बिहान नेपालगञ्जको  बागेश्वरी मन्दिरमा दर्शन गर्नुुभयो  ।  होटल सोल्टीमा बिहान ११  बजेपछि समर्थकहरुलाई भेटघाट गर्ने कार्यक्रम  रहेको  छ ।

पूर्व राजा पत्नी  कोमल,  छोरा पारस, बुुहारी  हिमानी, छोरी प्रेक्षा, नाति नातिनासहित दुईृृ दिनअघि नेपालगञ्ज आउनुुभएको  होे ।  पूर्व राजाकेो जन्मोत्सवका अवसरमा राजावादीले नागरिक समारोेह समिति समेत बनाएका  छन्  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =