एलआरआई स्कुलको कोरोना राहत कोषमा एक लाख सहयोग

चैत्र ६, काठमाडौं । राजधानीको कलंकीस्थित लर्निङ रियल्स इन्टरनेश्‍नल (एलआरआई) स्कुलले  नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग गरेको छ । 

शैक्षिक गुठि अन्तर्गत सञ्चालित उक्त स्कुलले थोरै भए पनि सरकारको कोरोना रोकथाम अभियानमा सहयोग पुगोस् भनेर सहयोग रकम जम्मा गरेको जनाएको छ । 

विद्यालयले यस अघि पनि थुप्रै सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको थियो । 

यस्तै विद्यालयका संस्थापक गुठियार शिवराज पन्तले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट मार्फत १५ हजार थान सर्जिकल ग्लोव तथा माक्स सरकारलाई हस्तान्तरण गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + one =