भलिबलमा जगत मन्दिरको दोहोरो जित
२०७६ मंसिर ३० गते

मंसिर ३०, काठमाडाैँ । जगत मन्दिरले तेश्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको ब्वाइजमा सोमबार दोहोरो जित हात पारेको छ ।
जगत मन्दिरले पिस प्वाइन्टलाई २५–२२, १६–२५ र २५–५ तथा विज किड्सलाई २५–२१ र २५–१७ को सेटमा पराजित गर्यो । ब्वाइजमै लाइसियमले पनि दोहोरो जित आत्मासात् । लाइसियमले नोबेललाई २५–६ र २५–५ तथा प्रस्फुटनलाई २५–१० र २५–५ को सोझो सेटमा हरायो ।
ब्वाइजकै अन्य प्रतिस्पर्धामा सम्भावीले एडभान्सलाई २५–२३ र २५–११, क्याम्ब्रिजले बेबिलनलाई २५–४ र २५–९, ग्लोबलले क्याम्ब्रिजलाई २५–१८ र २५–१७ तथा एडभान्सले रिभेरालाई २५–८ र २५–१७ को सेटमा पाखा लगाए ।

प्रतियोगिताको आयोजक म्युचल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) का अध्यक्ष राजन आचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे । शनिबारसम्म चल्ने प्रतियोगिताको ब्वाइज/गल्र्समा समान १२–१२ टिम सहभागी छन् ।
२०७६ मंसिर ३० गते
प्रतिक्रिया
सम्बन्धित








