श्रीमतीको जलाएर हत्या गर्ने प्रयास

धनुषा, १३ वैशाख । धनुषामा एक नवविवाहितालाई पतिले मट्टीतेल छर्केर जलाएको घटनाको एकसाता पछि सिरहामा फेरि अर्की महिलालाई जलाइएको छ । घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको शरीरमा उनका श्रीमानले आगो लगाएका हुन् । 

 

आगोले शरीरको ८० प्रतिशत भाग जलेको अवस्थामा उनको उद्धार गरिएको थियो । कञ्चनको अवस्था गम्भीर छ । घटनापश्चात् कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् । कञ्चनकी सासुलाई नियन्त्रणमा लिइएको सिरहा प्रहरीले जनाएको छ । 

null

घटनालगत्तै कञ्चनको उद्धार गरी प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर, शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि कञ्चनलाई उपचारको लागि काठमाडौं पठाइएको छ । 

गएको वैशाख ५ गते धनुषाको शहीदनगर नगरपालिका–१ पुरवारी टोल चिरैयाकी २० वर्षीय नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टीतेल खन्याएर आगो लगाएका थिए ।त्यसपछि गाउँलेले निर्मलाको उद्धार गरी उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेका थिए । 

यहाँ उपचार सम्भव नभएपछि निर्मलालाई थप उपचारको लागि काठमाडौं लगिएको छ । निर्मलाको पनि शरीरको ४० प्रतिशत भाग जलेको छ । प्रदेश २ सरकारले छोरीलाई बचाउन मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान नै सुरु गरेको छ । तर, पनि यहाँ विभिन्न बाहानामा महिलामाथिको हिंसा बढिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =