“सन्यासको घोषणा गर्दै जापानका कप्तानले भने, “”राष्ट्रिय टिममा मेरो करियर टुंग्याउँदैछु”””

काठमाडौँ, असार २० । जापानी राष्ट्रिय टोलीका कप्तान माकोतो हासिबीले पनि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका छन्।

‘मैले राष्ट्रिय टोलीमा मेरो करियरको अध्याय सक्ने निर्णय गरेको छु,’ हासिबीले सामाजिक सञ्जाल इस्टाग्राममा लेखेका छन्। ३४ वर्षिय हासिबी जापानी डिफेन्सिभ मिडफिल्डर थिए । १२ वर्षदेखि हासिबी जापानको राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए ।

यसअघि सोमबार राति भएको विश्वकपको प्रिक्वार्टर फाइनलमा जापान बेल्जियमसँग ३–२ ले पराजित भएको थियो ।

मंगलबार मिड फिल्डर केइसुकी होन्डाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

‘राष्ट्रिय टिममा मेरो करियर टुंग्याउँदैछु,’ होन्डाले भनेका छन्,‘म खुसी छु किनभने हामीसँग राम्रा यूवा खेलाडी छन्। जापानी फुटबलको इतिहास लेख्ने पालो अब उनीहरूको हो ।’

होन्डाले सन् २००८ मा जापानको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । ३२ वर्षिय होन्डाले जापानका लागि ३७ गोल गरेका छन्। ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =