करेन्ट लागेर बैतडीका भानसिंह खत्रीको मृत्यु

 

फागुन ७, बैतडी । करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिए । 

बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए । 

null

प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =