मेडिसिटीले पूर्व अर्थमन्त्रीको अधिकारीकाे उपचारमा किन गर्याे गम्भिर लापरवाही ?

माघ २७, काठमाडौं । एनआरएनएका संस्थापक ब्यवसायी उपेन्द्र महतोको मेडिसिटी हस्पिटलले उपचारमा गम्भिर लापरवाही गरेको आरोप लागेको छ ।  

यो आरोप कुनै सर्वसाधारणको उपचारमा भएको लापरवाहीका कारण लागेको हैन कि, पूर्व अर्थमन्त्री, नेकपाका नेता भरतमोहन अधिकारीको उपचारमा मेडिसिटी हस्पिटलले गम्भिर लापरवाही गरेको दावि गरिएको हो ।  

विगत १ महिना देखि अस्वस्थ भएर नख्खु स्थित मेडिसिटीमा उपचार गराइरहेका पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि नेकपाका केन्द्रिय सदस्य सुर्य थापाले हस्पिटलले उपचारमा गम्भिर लापरवाही गरेको जिकिर गरेका हुन् ।  

null

 

अन्तराष्ट्रिय स्तरको स्वास्थ्योपचार, अब नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने जस्ता आकर्षक नारा अघि सारेर एक वर्ष अघिबाट सञ्चालनमा आएको मेडिसिटीमा अधिकारीलाई १ महिना देखि राखेपनि कुनै सुधार नआउनु उपचारमा घोर लापरवाही र गैर जिम्मेवारी रबैया प्रर्दशन गरेको अनुभूति भएको सुर्य थापाले बताएका छन् ।  

सामाजिक सञ्जालमा पूर्व अर्थमन्त्री अधिकारीलाई धुम्बाराही स्थित ह्याम्स अस्पतालमा सारिएको जानकारी दिँदै नेता सुर्य थापाले लेखेका छन् । ‘वितेको १ महिनाको अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँको उपचारमा घोर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेको अनुभूति जोकोहीलाई भएको छ ।’ उनले भनेका छन् ।  

नेता थापाले मेडिसिटीले पूर्व अर्थमन्त्री अधिकारीको फोक्सोमा जमेको कफ समेत ननिकालिएको बताएका छन् । ‘फोक्सोमा जमेको कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएको होला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।’ उनले लेखेका छन् ।  

अधिकारीलाई सानेपाबाट हस्पिटल नजिक हुनाले मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । ‘८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनताका प्रिय पूर्व अर्थमन्त्रीको उपचारबारे आवधिक रूपमा जनतालाई नै जानकारी गराउनु पर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालको कस्तो जवाफदेहीपन होला ?’ भन्दै थापाले प्रतिप्रश्न गरेका छन् । 

‘खासमा यो अस्पताल कसको हो ? भरतमोहन अधिकारीको त यो हविगत बनाइन्छ भने सर्वसाधारणले यहाँ कुन हालत भोगिरहनु परेको होला ?’ भन्दै थापाले आक्रोस ब्यक्त गरेका छन् ।  

मेडिसिटीकाे लापरवाहीमा नेकपाका अन्य नेताले समेत गुनासाे गरेका छन् । ‘मुलुककाे अर्थमन्त्री भएसकेकाे मान्छे, देश र जनताका लागि जिवन भर लड्नुभएका नेताका उपचारमा हस्पिटलले गरेकाे लापरवाही निन्दनिय छ ।’ एक नेकपाका बरिष्ठ नेताले भने ।  

मेडिसिटीलाई युरोप स्तरीय हस्पिटल भनेर ब्यवस्थापनले दावि गरेपनि स्वास्थ्य सेवा भने सरकारी अस्पताल जत्तिको पनि नभएको एक सर्वसाधारणले भने । ‘ठूलो विल्डङमा राम्रा डाक्टर हुन्छन्, उपचार राम्रो हुन्छ भनेर आएँ, यो भन्दा त टिचिङ अस्पताल नै राम्रो लाग्यो । सामान्य परीक्षणका लागि त ढाड सेकुन्जेल पैसा असुल्दा रैछन् ।’ झापा अनारमनीका गंगा काफ्लेले बताए ।  

यस अघिपनि पटकपटक मेडिसिटीमा लापरवाही भएकाे गुनासा थिए ।  

मेडिसिटी अस्पतालले नियमित चेकअप गर्न आएकी  गर्भवती महिलालाई एचआईभी संक्रमण भएको गलत रिपोर्ट दिएको खुलासा भएको छ । अस्पतालको ल्याबले लोकन्थलीकी उमा (नाम परिवर्तन) को रगत परिक्षणको गलत रिपोर्ट दिएपछि बिरामी र उनका श्रीमानले पाँच दिनसम्म मानसिक तनाव बेहोर्नुपर्‍यो । 

केहि समय अघि एक विरामीलाइ एचआईभीको संक्रमण भएको गलत रिपोर्ट दिएपछि अर्को संस्थामा दुई पटकसम्म रगत परिक्षण गराउँदा एचआईभी रोग नभएको पुष्टि भएकाे थियाे। अस्पतालको ल्याबले दिएको रिपोर्ट र अर्को अस्पतालबाट आएको रिपोर्ट फरकफरक भएपछि बिरामी पक्ष आक्रोशित भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twenty =