दिल्लीबाट नेपाल आएको बसमा भेटियो बम

धनगढी, ७ वैशाख । भारतको नयाँ दिल्लीबाट काठमाडौं जाँदै गरेको बसबाट ठूलो मात्रामा बिष्फोटक पदार्थ बरामद भएको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२: ४५ बजेतिर ना ५ ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो । 

 

बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका सामाग्रीहरु बरामद भएको प्रहरीले जनाएको छ । राति शंका लागेर राति बस जाँच गरिएको थियो । बसबाट बिभिन्न सामानहरु सशस्त्र प्रहरीले बरामद गरेर धनगढीमा राखेको छ । त्यतिन्जेलसम्म ति सामानमा बिष्फोटक पदार्थ पनि छन् भन्ने कुरा सशस्त्र प्रहरीलाई थाहा थिएन । 

null

त्यसैले बसलाई त्यहाँबाट जान दिइयो । तर, शनिबार बिहानपख पोका खोलेर हेर्दा डिटोनेटर लगायतका बिष्फोटक पदार्थ फेला परेपछि उक्त बसलाई रोक्न सशस्त्र प्रहरी बल बेस क्याम्पले अन्य जिल्लाका प्रहरी युनिटलाई सूचना प्रवाह गरेको थियो । त्यसपछि मात्र नवलपरासी प्रहरीले बसलाई रोकेर राखेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =