विर्तामोडमा एकदिने ‘अष्ट्रेलियन सेमिनार’ सम्पन्न

“
काठमाडौं, असार १९ । विर्तामोड स्थित ग्लोवल टच इन्टरनेशनल एजुकेशन फाउण्डेशनले एक दिने अष्ट्रेलियन एजुकेशन सेमिनार सम्पन्न गरेको छ ।
हिजो विर्तामोड स्थित आफ्नै कार्यालयमा आयोजित अष्ट्रेलियन सेमिनारका प्रमुख वक्तामा क्विन्सफोर्ड कलेज र भाइभ कलेज अष्ट्रेलियाका नेपाल प्रतिनिधि तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष प्रकाश पाण्डे रहेका थिए । उनले विद्यार्थीलाई संवोधन गर्दै ब्यक्तित्व विकास गर्न र विश्वस्तरीय शिक्षा हासिल गर्नका लागि उच्च शिक्षाका लागि विदेश जानुपर्ने बताए ।
अष्ट्रेलिया विश्वकै उत्कृष्ट शैक्षिक गन्तब्य भएको भन्दै विद्यार्थीलाई क्विन्सफोर्ड कलेज र भाइभ कलेजका बारेमा विस्तृत जानकारी दिएका थिए । सेमिनारमा विद्यार्थीलाई वान टु वान काउनसेलिङ गरिएको थियो भने, अवोर्ड स्टडीमा जानका लागि आवश्यक शैक्षिक, आर्थिक अवस्थाका विषयमा समेत जानकारी दिइएको ग्लोवल टच इन्टरनेशनल एजुकेशनका म्यानेजिङ डाइरेक्टर दीपक गौतमले बताए ।
सेमिनारमा विद्यार्थीलाई अष्ट्रेलियामा नर्सिङ, विजनेश, हस्पिटालिटी, आइटी, हेल्थ, कम्युनिटी सर्भिस लगायतका कोर्षका बारेमा समेत जानकारी दिइएको थियो । सेमिनारमा तीन दर्जन बढि विद्यार्थीको सहभागिता रहेको थियो ।
“








