फेसबुक ग्रुप “मोटे ग्याङ्ग नेपाल” सामाजिक कार्यमा

  

पुस २९, सुर्खेत । कर्णाली प्रदेशमा विषेश चर्चित समाजिक सञ्जाल फेसबुकको ग्रुप मोटे ग्याङ्ग नेपालले आज सुर्खेतमा रहेको शिद्ध बालबहिराको विद्यालयमा महिनावारिका सुरक्षित आदतहरु सम्बन्धी सचेतना एवं सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । 

मोटे ग्याङ्ग नेपाल ग्रुपका एडमिन कुमार शम्सेर थापाले अपाङ्गता भएका छात्राहरुलाई महिनावारी तथा महिनावारीका वेला गर्नुपर्ने सरसफाई बारेमा जानकारी दिएको बताए । कार्यक्रममा स्वास्थकर्मी उर्मिला चन्दले स्वास्थ र सरसफाईकाबारेमा छात्राहरुलाई दिएकी थिईन् । 

null

 

कार्यक्रममा मोटे ग्याङ्ग ग्रुपका सकिय सदस्यहरु सरिताभक्त भण्डारी , विनय भण्डारी, ज्योति कार्की र कृति गुभाजु शाक्यको आर्थिक सहयोगमा छात्राहरुलाई ४५ थान सेनेटरी प्याड हस्तान्तरण गरिएको ग्रुपका एडमिन कुमार श्म्सेर थापाले बताए । 

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने ग्रुपका १९ हजार सदस्यलाई एडमिन थापाले धन्यवाद दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =