रोकिएन सुन तस्करीः नाकढुंगाबाट ९ केजी सुन बरामद !
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असार १८ । प्रहरीले उपत्यकामा भित्रिने मुख्य नाका नागढुंगाबाट ९ किलो सुन बरामद गरेको छ ।
आईतबार ६ केजी र शनिबार ३ केजी सुन बरामद भएको हो । आईतबार सुनसहित सिन्धुलीपाल्चोकका २३ बर्षीय तेन्जिङ तामाङ पक्राउ परेका छन् ।
धादिङ हुँदै काठमाडौं आउँदै गरेको बा ९५ प ८१६४ न. को पल्सर मोटरसाईकल जाँच गर्दा सुन भेटिएको थियो ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरी निरीक्षक केशव भट्टको टोलीले आईतबार साँझ ७ बजे सुन बरामद गरेको खबर आजको नयाँ पत्रिकामा छ ।
प्रहरीका अनुसार तामाङले विशेष खालको पेटीको फल्स बटमभित्र सुन लुकाई काठमाडौं ल्याउँदै थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








