इन्द्रको… जस्तो नाम, त्यस्तै काम

“
भेटिएको इन्द्र बहादुर गुरुङ को पर्स र कागजपत्रलाई खिचेर फेशबुकमा हालिदिए ।
तरहरा/अहिलेको कलियुगमा यो र्दुलभ घट्ना नै मान्न सकिन्छ कि, अमेरिकी डलर बाटोमा भेट्छन्, त्यो पनि २२ हजारभन्दा माथि अनि, सामाजिक संजालबाट आव्हान गर्छन हराउनु हुने महानुभावले सम्पर्क गर्नुहोला भनेर ।
नाम जस्तै काम गर्नेहरु थोरै भेटिने यो कलियुगमा तरहराका इन्द्रले भने जस्तो नाम, त्यस्तै काम गरे । अर्थात, भगवानको जस्तै नाम, भगवानको जस्तै काम ।
उनले बाटोमा भेटिएको इन्द्र बहादुर गुरुङ को पर्स र कागजपत्रलाई खिचेर फेशबुकमा हालिदिए । पैसा र नागरिकता हराएका इन्द्रलाई राहत मिल्यो । उनले फोन गरिसकोको इन्द्र बस्नेतले बताए । उनको बिएण्डबि चोकमा अम्बिका किरान स्टोर छ ।
संयोग नै मान्नुपर्छ दुबैजनाको नाम इन्द्र पर्न गयो ।
लोकल खबरले फोन सम्पर्क गर्दा इन्द्र बस्नेतले आफ्नो लोभीपापी मन नभएको र अरुको धन खाएर कहिले उभो नलागिने बताए ।
“गुरुङ विदेशबाट आउनुभएको रहेछ । तरहरा आउदा खसेछ । सम्पर्क भईसक्यो, भोलीपर्सि आउछु भन्नुभएको छ ।”, बस्नेतले मोबाईल सम्पर्कमा भने, “पर्स, पैसा र नागरिकता सुरक्षित छ ।”
हामी इन्द्र बस्नेतलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।
इन्द्र बस्नेतले फेशबुक स्टाटस् ।
सहयोग गर्नु होला ११
नाम ( इन्द्र बाहादुर गुरुङ
ठेगाना ( मुलपानी १ भोजपुर , बुबा को नाम ( टीका बा गुरुङ रहेको उक्त ब्याक्ती को पर्स , नेपाली पैसा र बिदेशी पैसा गरि लगभग २२ हजार भन्दा माथी र उहाको नेपाली नागरिकको कपि फेला परेको छ । तपाईं कोही ले चिन्नु हुन्छ भने मेरो नम्बर 9818409537 वा 9842346060 मा सम्पर्क राखी उक्त सामान लिन अनुरोध गर्द्छु ।
मेरो ठेगाना इटहरी २० तरहरा B&B चोक
अम्बिका किराना स्टोर
फेला परेको सामान का तस्बिर निम्न छन ।लोकल खबरबाट
“








