कन्चनपुर: नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु

कन्चनपुर, असार १५ । कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ ।

बेल्डाँडी गाउँपालिका वडा नं। ३ का भुवन दासको बिहीबार राति १०ः३० बजे ट्याक्टर नहरमा खस्दा मृत्यु भएको हो ।

चालक दासले चलाई रहेको से१त ५९२१ नम्बरको ट्याक्टर राति अचानक नहरमा खसेको थियो ।

दासको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनाका कारण भने थाहा हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =