दमकः ट्रयाक्टर र मोटरसाइकल जुध्दा एकको मृत्यु

दमक, असार १५ । पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–२ बस्ने २५ वर्षीय साङ्गदेन राई रहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको मे१त २७९२ को ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको मे१०प नम्बरको मोटरसाइकल राति ८ः३० बजे एकआपसमा जुध्दा गंभीर घाइते भएका राईको उपचारका क्रममा दमकस्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट केर्खाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक कुलबहादुर बुढाथोकीले जानकारी दिए ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई अनुसन्धानका लागि प्रहरी चौकीमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =