प्रहरी र भारतीय अपराधीबीच भिडन्त, एक अपराधीको मृत्युु

रौतहट, असार १५ ।  जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ । स्थानीय राजदेवी नगरपालिका वडा नंं. ४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो ।

दोहोरो भिडन्तमा प्रहरीको गोली लागेर एकजना २५ वर्षीय भारतीय अपराधीको मृत्युु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । प्रहरीको गोली लागेर घाइतेभएका निजलाई उपचारका लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले बताउनुुभयो ।

घटनास्थलबाट प्रहरीले एकथान स्वचालित हतियार एसएमजी, चार थान गोली, म्यागजीन एक थान र पडकेको खोकासमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक दानीले जानकारी दिनुुुभयो । पछिलो केही दिनदेखि बागमती नदी किनारको भारतीय सिमानासँग जोडिएको उक्त क्षेत्रमा भारतीय अपराधीको चलखेल बढेको विशेष सूचनाका आधारमा बिहीबार राति जिल्ला प्रहरी कार्यालय गौरबाट सो ठाँउमा प्रहरीको बिशेष टोली गएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =