आज १५ औं राष्ट्रिय धान दिवस देशभर मनाइँदै

काठमाडौं, असार १५ । आज असार १५ नेपाली कृषकहरुका लागि विशेष दिन। आजै १५औं राष्ट्रिय धान दिवस देशभर मनाइँदैछ।

‘दुई बाली धानखेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ भने नारासाथ धान दिवस देशभर मनाइने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। मन्त्रालयले सुनसरी, कपिलवस्तु र काठमाडौंमा विशेष कार्यक्रम गर्ने भएको छ।

नेपालमा पहिल्यैदेखि नै असार १५ लाई असारे भाका गाउँदै हिलोमा रमाउँदै धान रोप्न चलन सुरु भएको हो। नेपाली संस्कृतिमा असार १५ लाई मानो रोपेर मुरी उब्जाउने’ दिनका रुपमा लिइन्छ।

२०६१ सालदेखि विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेसँग नेपालले पनि राष्ट्रिय धान दिवस २०६२ असार १५ गतेदेखि मनाउन सुरु गरेको हो।

मासिक २ अर्बको धान आयात
नेपालमा उत्पादन भएको २० प्रतिशत धानमात्र विदेश निर्यात हुन्छ। कृषि मन्त्रालयको तंथ्याक अनुसार नेपालमा हाल साढे ५२ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ। तर कृषि प्रधान भनिनएको देशमै मासिक औसत २ अर्ब मूल्य बराबरको धान विदेशबाट आयात गर्नुपर्ने अवस्था छ।

कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्रप्रसाद कार्कीका अनुसार नेपालमा वार्षिक ५६ लाख मेट्रिक टन धान खपत हुने गरेको छ। ुधान उत्पादनदरलाई वृद्धि गरेर ५८ लाख मेट्रिक टन पुर्याउने लक्ष्य सरकारले लिएको छ,ु उनी भन्छन्, ुआगामी तीन वर्षभित्र नेपाललाई धानमा अत्मनिर्भर बनाउने सरकारी योजना छ।ु

नेपालमा मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा धानखेती गर्ने योग्य जमिन छ। तराई, मध्य पहाड र उच्च पहाडमा गरी जम्मा ६३ प्रजातिका धानखेती हुनेगरेको नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ। नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापामा हुन्छ भने सबैभन्दा कम मुस्ताङमा।

नेपालमा मौसमका आधारमा चैते, बर्खे, भदैया, घैया, हिउँदे ९बोरो० धानको खेती हुने गरेको मन्त्रालयले जानकारी दिएको छ। नेपालको ३७ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ। पानीको सुविधा पुगे ४६ प्रतिशत जमिनमा २ बाली धान खेती हुन योग्य जमिन भएको परिषद्को अध्ययनमा उल्लेख गरिएको छ।
नेपालमा आकाशेपानीको भरमा भने १५ प्रतिशत जमिनमा मात्र धान खेती हुन्छ।

विश्वका १ सय १४ मुलुकमा धान उत्पादन हुने गरेको संयुक्त राष्ट्रसंघको एक अध्ययनमा उल्लेख छ। ती मुलुकका १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड ७१ लाख मेट्रिक टन धान उत्पादन हुन्छ।

सबैभन्दा बढी चीनमा धान उत्पादन हुनेगरे को छ। यसपछि भारत, इन्डोनेसिया, बगंलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल, जापान, भुटान र नेपाल रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =