आज माघ १२ गते आइतबार, यस्ताे छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ माघ १२। आइतबार। इ.स. २०२० जनवरी २६। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। द्वितीया, २८:४९ उप्रान्त तृतीया। नक्षत्र– धनिष्ठा, २९:५३ बजेउप्रान्त शतभिषा। योग– व्यतीपात, २५:५८ बजेउप्रान्त वरियान्। करण– वालव, १६:०४ बजेदेखि कौलव, २८:४९ बजेउप्रान्त तैतिल। आनन्दादिमा मातंग योग। चन्द्रराशि– मकर, १६:५२ बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:३८ बजे र दिनमान २६ घडी ६ पला। द्विपुष्कर योग २८:४९ बजेसम्म। धनिष्ठा पञ्चक १६:५२ 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेमीको सहयोग पाईनेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मंगल कार्यको योग छ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । लाभदायक यात्रा होला । प्रिय व्यक्तिसंग भेट घाट होला । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुनेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहान सुख मिल्नेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारीक झमेला आउला । कुविचारमा मन जानेछ । सामान हराउने वा चोरी हुने भयछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रुपनि पराजित हुनेछन् । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । शुभ–अशुभ दुवै समाचार सुनिएला । मित्र संग मीठो भेट घाट रहनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा अभिरुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्य सम्पादनमा समस्या आउला । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =