यस्ता ५ किसिमका मान्छेप्रति ज्यादा आकर्षित हुन्छ लामखुट्टे, तपाईँ पनि पर्नुभयो कि ?

जीका, डेंगू र मलेरिया जस्तो बिरामी लामखुट्टे अथवा यस्ता विभिन्न प्रजातिका जीवको संक्रमणबाट फैलने गर्दछ । र यस्ता जीवहरुको बासस्थान तपाईँको आस–पास फैलिएको दुर्गन्धित पानीमा अथवा ठाउँमा हुने गर्दछ । लामखुट्टे जब मान्छेको सम्पर्कमा आउँछ या टोक्छ, तब ज्यानै लिने विभिन्न किसिमका रोग लाग्ने गर्दछ । सामान्यतया लामखुट्टे जो कोहीलाई टोक्छ तर एक रिसर्चमा यो कुरा पत्ता लाग्यो कि १० प्रतिशत मानिस यस्ता हुन्छन्, जो प्रति लामखुट्टे ज्यादा आकर्षित हुने गर्दछ । अर्थात् यीनैलाई आफ्नो निशाना बनाउने गर्दछ ।

१. गाढा रङ्गको कपडा लाउने

सामान्यतया लामखुट्टेले कसैलाई देखेर वा उसको गन्धबाट आफ्नो शिकार बनाउँछन् । वैज्ञानिकको मान्ने हो भने लामखुट्टे अत्यधिक दृष्यमान छ, खासगरी दिउँसो पश्चात् आफ्नो तेज नजरबाट मान्छेलाई टोक्ने गर्दछ । जब तपाईँ गाढा रङ्गको कपडा लगाउनुहुन्छ, खासगरी नेबी ब्लू, ब्ल्याक र रेड तब लामखुट्टेले सजिलै खोजेर टोक्ने गर्दछ ।

२. O ब्‍लड ग्रुप भएको मान्छे

खासगरी रगत लामखुट्टेको लागि सबथोक हो, सिधा कुरा गर्नुपर्दा लामखुट्टेको लागि रगत अमृत हो । वयस्‍क लामखुट्टेको लागि यसले प्रोटिनको काम गर्दछ । तर अण्डा पार्नका लागि तयार भएका फिमेल लामखुट्टेले मान्छेको रगतबाट प्रोटिन प्राप्त गर्दछन् । त्यसैले यसमा अच्चमको कुरा छैन कि कुनै प्रकारका रगत लामखुट्टेको ज्यादा आवश्यक हुन्छ, जसलाई उनीहरु आफ्नो निशाना बनाउँदछन् । A ब्लड ग्रुप भएका मान्छेमा भन्दा O ब्‍लड ग्रुप भएका मान्छेहरु लामखुट्टे धेरै आकर्षित हुने गर्दछन्, जबकि जबकि B ब्‍लड ग्रुप भएका मानिसहरुलाई समान्य रुपमा टोक्ने गर्दछन् ।

३. कार्बनडाइअक्साइड ग्यास

 

लामखुट्टे यति समझदार हुन्छन् कि उनीहरु १६६ फीट दुरीमा पनि कार्बनडाइअक्साइड ग्यासको चिन्ने गर्दछन् । यस ग्यासप्रति लामखुट्टेहरु बढी आकर्षित हुने गर्दछन् । हामी श्वासप्रश्वास प्रणालीद्वारा अक्सिजन लिन्छौँ र कार्बनडाइअक्साइड फाल्छौँ । यसै कारण लमखुट्टे हाम्रो नाक वरिपरि अर्थात् शिर र कानको आसपास बाहिर घुमिरहन्छन् ।

४. गर्मी र पसिना

गर्मीका दिनमा शरीरबाट निक्लिने पसिनाबाट उत्सर्जित ल्याक्टिक एसिड, यूरिक एसिड र अमोनियाले लामखुट्ेलाई धेरै आकर्षित गर्दछ । जुन मानिसलाई ज्यादा पसिना आउँछ अथवा गर्मीमा बढी बस्छन् उनीहरुलाई लामखुट्टेले ज्यादा टोक्ने गर्दछ ।

५. गर्भवति महिला

एक रिसर्चमा यो कुरा सामुन्ने आयो कि गर्भवति महिला एक सामान्य महिलाको तुलनामा ज्यादा कार्बनडाइअक्साइड ग्यास रिलिज गर्दछन् जसकारण लामखुटटे ज्यादा आकर्षित हुने गर्दछ । यसबाहेक गर्भवति महिलाको पेट अरुबेलाको भन्दा तातो हुन्छ जसले लामखुटटेलाई आकर्षित गर्दछ ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =