मनकारी प्रधानाध्यापक, जो आफ्नो भत्ता विद्यार्थीलाई दिन्छन्

माघ २५, कैलाली । पछिल्लो समय स्थानीय तहका वडा सदस्य, अध्यक्षदेखि केन्द्रिय तहसम्म भष्ट्राचार मौलाउँदै गएको बेला कैलालीका एक प्रधानाध्यापकले विद्यालयबाट प्राप्त हुने भत्ता विद्यार्थीलाई नै दिने गरेका छन् । 

कैलालीको मोहन्याल गाउँपालिकास्थित वडा नम्बर ३ मा रहेको भैरबमाला राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक एकेन्द्र बहादुर भण्डारीले विद्यालयबाट पाउने भत्ता सोही विद्यालयमा नै अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई दिने गरेका हुन् । 

भण्डारीले पूर्व प्रधानाध्यापकले विद्यालयबाट लिने गरेको सञ्चार खर्च समेत लिने गरेका छैनन् । कतिपय विद्यालयमा प्रधानाध्यापक र लेखापाल मिलेर पर्याप्त भ्रष्टाचार गरिरहेका हुन्छन् । तर भण्डारी भने त्यसलाई रोक्नु आफ्नो प्रमुख दायित्व सम्झन्छन् र यस्तो भष्ट्राचार नियन्त्रण गर्नको लागि कडा रूपमा लागि रहेको बताउँछन् । 

null

 

भैरबमाला माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पाएका एकेन्द्र बहादुर भण्डारीले छोटो समयमै विद्यालयमा आर्थिक पार्दशिता हुँदै गएको, विद्यार्थीहरु अध्ययनमा लगनशिल हुनुका साथै अनुशासित बन्दै गएको बताए । 

उनले विद्यालयको प्रशासनिक देखि हरेक कुरामा सुधारको संकेत प्रभावकारी रूपमा देखा परेको सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुमिनन्द जैसीले जानकारी दिए । 

 

विद्यालयमा शिक्षक, कर्मचारीबीच परामर्श, सहकार्य र विद्यालयका हरेक गतिविधिमा आपसी समन्वयका साथ कामहरु सम्पादन भइरहेको शिक्षक अर्जुन प्रसाद जैसीले बताए । 

पछिल्लो समयमा निजी स्रोतमा अध्यापन गराइरहेका विद्यालयका शिक्षकहरूले तलब नपाएको धेरै सुनिने गरेको छ तर उक्त विद्यालयका भण्डारीले भने निजी स्रोतका शिक्षकलाई पनि विभिन्न तहबाट तलबको जोहो गरी धेरै थोरै भएपनि दिने गरेको माध्यमिक तहमा कार्यरत निजी स्रोतका विज्ञान विषयका शिक्षक मिन बहादुर चन्दले बताए । 

यसका साथै विद्यालयलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि यस क्षेत्रका स्रोत व्यक्ति, जनप्रतिनिधिको आश्यक सल्लाह, सुझाव र सहयोग रहेको प्रधानाध्यापक भण्डारी भन्छन् । 

भौगलिक रूपमा विकट रहेको उक्त विद्यालयमा विभिन्न समुदायका करिब तीन सय एघार जना छात्र छात्रा अध्ययनरत छन् । विशेषगरी मगर समुदायका बालबालिका दैनिक करिब ३ घन्टाको बाटो हिँडेर विद्यालय आउनुपर्ने बाध्यता रहेको छ । 

विद्यालयमा कम्प्यूटर शिक्षालाई प्रभावकारी बनाउन दुई हजार वाटको सोलारबत्ती जडान गरिएको भएता पनि विद्यालयमा आवश्यक मात्रामा कम्प्युटर नभएकाले कम्प्युटर शिक्षालाई प्रयोगात्मक ढंगले सञ्चालन गर्न कठिन भएको प्रधानाध्यापकको गुनासो छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =