ब्राजिललाई हराउने दाउमा सर्विया, स्विटजरल्याण्डलाई अन्तिम १६ कै टाउको दुखाइ !

“
काठमाडौँ, असार १३ । आज (बुधबार) को ब्राजिल र सर्वियाबीचको खेलमा नेइमार प्रेरित ब्राजिललाई हराउने प्रयत्नमा लाग्नेछ सर्विया । पाँच पटकको विश्व विजेता ब्राजिललाई नकआउट चरण पुग्न सर्वियाविरुद्धको खेलमा बराबरी नै पर्याप्त छ । तर समूह विजेताको रुपमा प्रि क्वार्टरफाईनल पुग्न ब्राजिलले पक्कै तीन अंकका लागि मेहनत गर्नेछ ।
ब्राजिल र सर्विया भिड्दै गर्दा दुवैको लक्ष्य तीन अंक बटुल्नु हुनेछ ।
पहिलो खेलमा स्विटजरल्याण्डसंग बराबरी खेलेको ब्राजिलले कोस्टारिकाविरुद्ध २–० को जित निकाल्यो । तर कोस्टारिकाविरुद्धको खेलमा ब्राजिलले निकै संघर्ष गर्यो । दुवै गोल दोस्रो हाफको ईन्जुरी समयमा सम्भव भएको थियो । खुसीको कुरा दुवै गोल फिलिप काउटिन्हो र नेयमारले गरे, जोसंग ब्राजिलले ठुलो अपेक्षा गरेको छ ।
सर्वियाले कोस्टारिकालाई १–० ले हराउदै ३ अंक जोडेको हो । अर्को खेलमा उसले स्विस टोलीसंग २–० को हार ब्यहारेको थियो । तर कोस्टारिकालाई नकआउट चरणमा प्रवेश गर्न ब्राजिलविरुद्ध जित निकाल्न आवश्यक छ ।
सर्वियन फुटबल संघका अध्यक्ष स्लाभिसा कोकिजा र मुख्य प्रशिक्षक कोज क्रिस्टाजिकलाई म्याचपछि दिएको प्रतिक्रियाका लागि ५ हजार स्विस फ्र्याङ्क जरिवाना गरिएको थियो । त्यस्तै सर्वियन फुटबल संघलाई समेत ५४ हजार रुपैयाँ जरिवाना गरिएको छ । खेलको दौरान फ्रान्सेली समर्थकले भेदभावपुर्ण ब्यानर प्रर्दशनी गरेको भन्दै उसमाथी कारबाही गरिएको हो ।
प्रतियोगिताको दौरान खेलिएका २१ खेलमा मात्र एक खेल ब्राजिलले गुमाएको छ । जसमा ४७ गोल गरेको छ, मात्र पाँच ब्यहोरेको छ, तथ्याङले त्यस्तै भन्छ । ब्राजिललाई पराजित गरे सर्विया नकआउट चरणमा पुग्नेछ । बराबरीले समेत उसको अंक गणितिय सम्भावना बाँकी नै रहन्छ । त्यसका लागि स्विटजरल्याण्डले कोस्टारिकासंग पराजित भएको समिकरण तय हुनुपर्नेछ ।
ब्राजिली प्रशिक्षक टिटेले ब्राजिली टोलीमा कुनै परिवर्तन नगर्ने बताएका छन् । ब्राजिली टिमका डिफेन्डर फग्नर भन्छन्, ‘हामीलाई विश्वास छ कि मैत्रिपुर्ण खेल र छनोट चरणको अनुभवले खेल जित्नेमा आत्मविश्वास दिएको छ । हाम्रा प्रतिद्धन्दीले राम्रो तयारी गरेका छन् । तर हामी खेलमा अवसर सिर्जना गर्दै प्रशिक्षको रणनीतिलाई मैदानमा लागु गर्नेछौ ।’
यता, सर्वियाका कोच भन्छन्, ‘जब खेलको तालिका सार्वजनिक भयो, धेरैले ब्राजिललाई समूह विजेताको रुपमा चित्रित गरे । तर हामी अहिले ब्राजिललाई जित्नुपर्ने अवस्थामा आईपुगेका छौ । त्यसकालागि हामी हरसम्भव कोशिश गर्नेछौ । जिवनमा केही असंम्भव छैन् ।’ ‘दाबेदारको रुपमा ब्राजिललाई सम्मान गछौ, तर उनीहरुका समेत केही कमजोरी छन् । हामी त्यसलाई आफ्नो पक्षमा ढाल्न कोशिश गर्नेछौ ।’ उनले भने ।
इतिहास पल्टाएर युगोस्लाभियालाई समेत समावेश गर्दा चार पटक दुवै टोलीको भेट भएको छ । जसमा दुई खेल बराबरीमा सकिएको छ । समान एक एक खेलमा दुवै टोलीले जित निकालेका छन् । पछिल्लो मैत्रिपुर्ण खेलमा ब्राजिलले सर्वियालाई १–० गोल अन्तरले हराएको थियो ।
त्यस्तै स्विटजरल्याण्ड र कोष्टारिकाबीच हुने प्रतिस्पर्धामा स्विटजरल्याण्डको नजर अन्तिम १६ मा हुनेछ । बराबरीले मात्र स्विस टोलीले नकआउट चरणमा स्थान बनाउनेछ ।
खेल नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ । ब्राजिल ४ अंक सहित समुहको शीर्ष स्थानमा छ । समान अंक भएपनि स्विटजरल्याण्ड दोस्रो स्थानमा छ । सर्बिया ३ अंक सहित तेस्रो स्थानमा रहदाँ, कोस्टारिका अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
समूह चरणमा सर्वियाविरुद्ध प्राप्त जितले स्विस टोली सहज स्थितीमा छ । तर एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको कोस्टारिकाले स्विस टोलीलाई समस्यामा पार्न सक्छ । ‘हामीले जस्तो टोली र नतिजा निकालेका छौ । त्यो संगठित रुपमा परिणाम हो । हामी भविष्यमा समेत यसरी नै खेल्नेछौ ।’ स्विस प्रशिक्षक भलादिमिर पेत्रोभिक भन्छन् ।
प्रतियोगितामा लगातार दुई खेलमा पराजित कोस्टारिका प्रतियोगिताबाट बाहिरिसकेको छ । तर, प्रशिक्षक ओस्कार रामिरेजले टोलीले घरेलु भुमिमा अनुचित आलोचना खेप्नु परेको गुनासो गरेका छन् । ‘म दुखी छु अनि निराशाजनक महशुश गरिरहेको छु । मानिसहरुले हारलाई असहज रुपमा व्याख्या गरेका छन् ।’ उनले भने ।
फिफाको प्रतिबन्धका कारण स्विटजरल्याण्डका ग्रेनिट जाका, जर्दान शाकिरी र स्टेफन लिस्टेनरले आजको खेल गुमाउनेछन् । कोस्टारिकाका केही खेलाडीको रुसी विश्वकपनै अन्तिम प्रतियोगिता हुनेछ । उसका कप्तान ब्रायन रुजी अर्को विश्वकपमा देखिने छैनन् । चोटका कारण समेत केही खेलाडी कोस्टारिकाको नियमित सेटमा नदेखिन सक्छन् ।
स्विटजरल्याण्ड २ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । समान अंक भएपनि ब्राजिल गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ । सर्विया ३ अंक सहित तेस्रो स्थानमा छ । अंक विहिन कोस्टारिका तालिकाको पुछारमा छ । दुवै टोलीको ठुलो प्रतियोगितामा तेस्रो भेट हो ।
सन् २००६ मा स्विस टोलीले कोस्टारिकालाई २–० ले हराएको थियो । यता सन् २०१० मा कोस्टारिकाले १–० को जित निकालेको थियो ।
एजेन्सी
“








