भिरबाट लडेर नुवाकोटमा एकको मत्यु
२०७४ जेठ १५ गते

“
नुवाकोट, असार १३ । सूर्यगढी गाउँपालिका–१ लच्याङको छाप भन्ने स्थानमा भिरबाट लडेर आज एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा रसुवा सरमथली घर भएका अन्दाजी ३५ वर्षिया साइला तामाङ रहेका छन् ।
घर फर्कदै गरेको समयमा भिरबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।
साँघुरो बाटो र पानी परिरहेकाले चिप्लेर लडेका तामाङ करीब २०० मिटर तल पुगेका थिए । तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








