साफ च्याम्पियनसिपः फाइनलका लागि आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदै, नेपाललाई जित्नै पर्ने दबाब

भदौ १२, काठमाडौँ । भारतको कोलकातामा जारी साफ यू–१५ च्याम्पियनसिप अन्तर्गतको बिहीबार (आज) अन्तिम लिग खेल हुँदैछ । भारतको कल्याणी रङ्गशालामा जारी खेल अन्तरर्गत आज नेपाल र भुटान भिट्दै छन् ।   

मंगलबार भएको खेलमा साविक विजेता बंगलादेशलाई नेपालले ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले बंगलादेशलाई हराएसँगै नेपाल दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेश र नेपालको समान ६–६ अंक भएपनि हेड टु हेडमा नेपाल बंगलादेशभन्दा अगाडि रहेको छ । 

यद्यपी नेपालका लागि फाइनलमा पुग्न भुटानविरुद्ध जित आवश्यक छ । मंगलबार नै भएको प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको भारत शीर्ष स्थानमा छ । भारतले श्रीलंकालाई ५–० ले पराजित गरेको थियो । पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित हासिल गरेको थियो ।   

null

भारतले भुटानमाथि ७–० गोल अन्तर्गतले जित हात पारेको थियो । लिग चरणमा नै भारत बिहीबार बंगलादेशसँग भिड्दै छ । नेपालले भुटानलाई पराजित गरेको खण्डमा नेपाल फाइनलमा पुग्ने छ ।  

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =