चिठ्ठा परेको भन्दै १० लाख भन्दा बढी रकम ठगी गर्ने समूह पक्राउ

माघ १, कैलाली । नेपाल प्रहरीले चिठ्ठा परेको भन्दै १० लाख भन्दा बढी रकम ठगी गर्ने एक समूलाई प्रहरीले पक्राउ गरको छ ।
कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भनेर दश लाख चार हजार ठगी गर्ने सात जनाको एक समूहलाई प्रहरीले पक्राउ गरेको हो ।
धामीले आफू ठगीएर प्रहरी समक्ष उजुरी दिएपछी जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा उक्त समूहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिकाका आइएमइ सञ्चालक इन्दिरा पुरी, मनमोहनबहादुर अधिकारी, विराटनगर सजिलो मनीट्रान्सफर सञ्चालक विश्वनाथ राजवंशी, रङगेली नगरपालिकाका भवेशकुमार मण्डल, र अब्दुल सलाम, भारतको बिहार प्रदेश अररिया जिल्लाका शतिष मण्डल र मोइसु रहेको प्रहरीले जनाएका छन् ।
प्रहरीका अनुसार निज व्यक्तिहरुलाई धामीले भिन्न मितिमा उक्त रकम दिएका थिए । पक्राउ परेका ति समूहमाथी कारवाहीको लागि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








