फ्रान्ससँग डेनमार्क बराबरी खेले पेरुलाई हराए पनि अष्ट्रेलिया नकआउट चरणमा पुग्दैन

काठमाडौँ, असार १२ । विश्वकप फुटबलमा आज समूह सी र डीका समूहका अन्तिम चरणका खेलहरु हुँदैछन् । समूह सी मा फ्रान्स र डी मा क्रोयसियाले स्थान बनाइसकेका छन् । समूह सीमा डेनमार्क र अष्ट्रेलियाको अघिल्लो चरणको संभावना बाँकी छ । पेरु समूह चरणबाटै बाहिरिने निश्चित भैसकेको छ ।

यो समूहमा फ्रान्सको ६ अंक छ । उसले यसअघिका दुवै खेलमा जीत निकालेको छ । अष्ट्रेलिया एक खेलमा बराबरी र एकमा हार ब्यहोरेको छ । उसको १ अंक मात्रै छ । अष्ट्रेलियाको पनि अघिल्लो चरणको संभावना सकिएको छैन । तर यसका लागि अष्ट्रेलियाले जितेर मात्रै पुग्दैन ।

अर्को खेलमा फ्रान्सले डेनमार्कलाई जित्नु पर्ने हुन्छ । डेनमार्कसँग ३ अंक छ । गोलअन्तर पनि अष्ट्रेलियाको भन्दा डेनमार्कको राम्रो छ ।
डेनमार्क फ्रान्ससँग २–० ले पराजित भएमा र अष्ट्रेलियाले पेरुलाई १–० ले पराजित गरेमा मात्रै अष्ट्रेलिया नकआउट चरणमा पुग्छ । डेनमार्कले बराबरी गरेमा पनि अष्ट्रेलियाको संभावना सकिन्छ ।

डेनमार्कलाई पराजित गर्दै सतप्रतिशत जितको नतिजासहित अगाडि बढ्ने योजनामा फ्रान्स देखिएको छ। फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई २–१ गोलले तथा दोस्रो खेलमा पेरुलाई १–० गोलले हराएको थियो। प्रतियोगितामा हालसम्म उरुग्वेले मात्र तीनवटै खेल जितेको छ ।

पहिलो खेलमा पेरुलाई १–० गोलले हराएको डेनमार्क दोस्रो खेलमा अस्ट्रेलियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । डेनमार्क सन् २००२ पछि नकआउट चरण पुग्ने प्रयाशमा छ । फ्रान्सलाई बराबरीमा रोकेमात्र पनि डेनमार्क अगाडि बढ्ने छ । फ्रान्स र डेनमार्क दुवै ६ खेलयता अपराजित छन् ।

फ्रान्सले अन्तिमपटक कोलम्बियासँग र डेनमार्कले जोर्डनसँग समान ३–२ गोलले पराजय ब्यहोरेको थियो। फ्रान्सले पछिल्ला चार खेलयता डेनमार्कलाई हराउँदै आएको छ। डेनमार्कले अन्तिमपटक फ्रान्सलाई सन् २००२ को विश्वकपमा २–० गोलले हराएको थियो।

अर्को खेलमा अस्ट्रेलिया जित्नैपर्ने दबाबमा छ । पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अस्ट्रेलियाले फराकिलो अन्तरमा जित हात पारेको अवस्थामा र फ्रान्सले डेनमार्कलाई हराएमात्र अघिल्लो चरणको यात्रा तय गर्ने छ । यो समुहका दुवै खेल नेपाली समय अनुसार पौने ८ बजेदेखी सुरु हुनेछन् ।

अस्ट्रेलियाले अन्तिमपटक सन् २००६ को विश्वकपमा नकआउट चरणमा स्थान बनाएको थियो। पेरुले सन् १९७८ यता विश्वकपमा जित हात पार्न सकेको थिएन । यसपटक विश्वकपमा सहभागी हुनुअघि पेरु लगातार १५ खेलमा अपराजित रहेको थियो । पेरु र अस्ट्रेलिया पहिलोपटक भिड्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =