किसानले रोपाईं गर्ने की छाडा पशुचौपायाको व्यवस्थापन ?(भिडियोसहित)

“ कैलाली, असार १२ । कैलालीको बर्दगोरिया गाउपालिकामा विगत लामो समय देखि कायम रहेको छाडा पशुचौपायाको समस्या अझै कायम रहेको छ । मध्य असारको समयमा धान रोप्ने तयारिमा रहेका किसानहरु छाडा पशुचौपायाको समस्याले नराम्रोसंग प्रभावित भएका हुन् ।
मानो छरेर मुरि फलाउने तयारिमा रहेको यो समयमा किसानहरु रातको समयमा छाडा पशु चौपाया खेत बारिमा प्रवेश गरि किसानहरुले लगाइ राखेको बीउ खाइदिनाले अब के रोप्ने भन्ने समस्यामा परेका छन् ।
बर्दगोरिया गाउपालिका ५ ठाकुरद्धाराका किसान जुगराम चौधरिले गुनासो गदैँ भने, ‘अब खेत बाँझै राख्ने या अरुले रोपिसकेपछि कसैको बीउ बाँकि रहला र रोपौला भनेर बसेको छु ।’ १० जनाको परिवार पाल्नुपर्ने उनले यसपालि रोपाइ गर्न सकेन भने आफ्नो उठिवास नै हुने अवस्था आउने भन्दै चिन्तित बनेका छन् ।
एकातर्फ लामो समय देखि वर्षा नहुनु र अर्को तर्फ धान रोपाई गर्ने तयारिमा रहेका किसान को बीउ छाडा पशुचौपायाले खाईदिनुले किसानहरु दोहोरो समस्यामा परेका हुन् । छाडा पशु चौपाया को छिट्टै व्यवस्थापन नगर्ने हो भने यसले भविष्यमा झन विकराल समस्या ननिम्त्याउला भन्न सकिन्न ।
यसतर्फ सम्बन्धित निकायको समयमै ध्यान जान जरुरि रहेको बर्दगोरिया १ बौनियाका व्यापारी भोलेराम चौधरि बताउँछन् । यसअघि बजार क्षेत्रमा व्यापारीहरुलाइ सास्ति दिएका छाडा पशुचौपाया बाट पछिल्लो समय किसानहरु ले समस्या खेपिरहेका छन् ।
बर्दगोरिया गाउपालिकाले आर्थिक बर्ष २०७४/७५ को बजेटमा छाडा पशुचौपाया नियन्त्रण को निम्ति १० लाख विनियोजन गरेको भएता पनि त्यसले ठोस उपलब्धि भने दिन सकेन ।
बर्दगोरिया गाउपालिकाबाट प्रस्तुत आगामि आर्थिक बर्ष २०७५/७६ को निति तथा कार्यक्रममा यसलाई समावेस त गरेको छ तर यसमा कति बजेट बिनियोजन गर्छ र के योजना निर्माण गर्छ त्यसलाई सबैले चासोका साथ हेरिरहेका छन् ।
हामीसंगको कुराकानीमा बर्दगोरिया गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनारले यस बिषयमा गाउपालिकाले विशेष कार्यक्रम ल्याउने तयारि गरेको जानकारी दिएका छन् ।
हेर्नुहोस भिडियो :
https://www.facebook.com/navin.joshi.56232/videos/1696256677154902/?t=49
भिडियो स्रोत: नवीन जोशीको फेसवुकबाट“








