एनसेल बिक्रीको लाभकर एनसेलबाटै असुल्न सर्वोच्चको फैसला

 

माघ २३, काठमाडौँ । सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर असुल गर्न परमादेश जारी गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच न्यायाधीशको संयुक्त इजलासले कर असुली गर्न एनसेल र एक्जियटाको नाममा परमादेश जारी गरेको हो । 

null

एनसेल र रिनहोल्ड होल्डिङ्सले दायर गरेको रिट खारेज गर्दै सोही कम्पनीबाट बाँकी लाभकर असुल गर्न सर्वोच्चले फैसला गरेको हो । 

पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहित पूर्व निमित्त महालेखापरीक्षक सुकदेव खत्री, डा जगदीशचन्द्र बरालसहित ५ जनाले २०७३ माघ १४ गते रिट निवेदन दर्ता गराएका थिए। 

असोज १८ गतेदेखि एनसेल लाभकर विवादको अन्तिम सुनुवाइ सुरु भएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =