प्रधानमन्त्री ओलीले आज संसदलाई सम्वोधन गर्दै
२०७४ जेठ १५ गते

“
काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो ।
उहाँले हिजै प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेलमार्ग, उर्जा, जलस्रोतलगायतका विषयमा सहमति भएको थियो ।
चीन भ्रमणमा जानुअघि पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई सम्बोधन गर्दै आफ्ना एजेन्डाबारे जानकारी दिनुभएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








