‘मैँले कप्तानी छोड्दैमा नेपाली क्रिकेट खतम हुँदैन’

असोज २८, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका पारस खड्काले इमान्दारीपूर्वक आफ्नो जम्मेवारी पुरा गरेको बताएका छन् ।   

राजीनामापछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले आफ्नो जिम्मेवारी पुरा गरेको बताएका हुन् । अब क्रिकेटमा जो कप्तान आएपनि नेपालको जित हुनुपर्ने उनको भनाइ छ ।   

पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘मैँले कप्तानी छोड्दैमा नेपाली क्रिकेट खतम हुँदैन । मलाई क्रिकेट संघले जुन जिम्मेवारी दिनुभयो । मैँले त्यो जिम्मेवारी जति सक्दो इमान्दारीपूर्वक पुरा गर्ने कोशिस गरेँ । अबको कप्तान छनोट क्रिकेट पदाधिकारीले गर्नुहुनेछ । जो कप्तान आएपनि नेपाल क्रिकेटको जित हुनुपर्छ ।’ 

Image result for paras khadka

पारसले सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका थिए । सन् २००९ बाट कप्तानी सम्हालेका उनले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै १० वर्षे कप्तानी यात्रा अन्त्य गर्ने घोषणा गरेका थिए । 

पारस खड्काले नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष प्रदान गर्ने वर्ष खेलाडी उपाधि दुई पटक प्राप्त गरिसकेका छन् । उनले वि।सं। २०६६ र २०६९ को वर्ष खेलाडी उपाधि समेत जितेका थिए ।   

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारसको नेतृत्वमा नेपालले वि।सं। २०६९ मा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थियो भने एकको फाइनलमा पुगेको थियो ।   

पारस कप्तान रहेको टिमले मलेसियामा सम्पन्न आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन–४ र त्यस लगत्तै दुबईमा एसिसी एलिट ट्रफी २०१३ को उपाधि जित्यो । त्यस्तै चैतमा नेपालमा सम्पन्न एसिसी टि–ट्वान्टी कप २०१३को फाइनल खेलेको थियो । एसिसीका दुबै प्रतियोगितामा पारस ‘म्यान अफ द सिरिज’ बनेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =