च्याम्पियन्स लिग फाइनलको मिति सर्‍यो

चैत ११, काठमाडौं। युरोपियन फुटबल महासंघ (युइएफए) ले कोरोनाभाइरसका कारण युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको फाइनलको मिति सारेको छ।   

मेको अन्तिम साताका लागि तय गरिएको फाइनल २७ जुन र २४ जुनका लागि खेल्ने प्रस्ताव गरिएको छ। त्यसअघि मे २४ का लागि तय महिला च्याम्पियन्स लिगको फाइनल पनि सारिएको छ। 

त्यसअघि नकआउट चरणका खेल एक लेग मात्र गर्ने प्रस्ताव गरिएको छ। च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगका खेल जारी रहदा स्थगित गरिएको थियो। अन्तिम १६ बाट चार टिमले अन्तिम ८ मा स्थान पक्का गर्दा बाँकी ४ खेल भने तोकिएको मितिमा हुन सकेन। 

null

युरोपा लिगको पनि अन्तिम १६ को ६ खेल सकिदा २ खेल बाँकी थियो। अब क्वार्टरफाइनल र सेमिफाइनल एक लेग मात्र गर्ने प्रस्ताव गरिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =