विश्वकपबाट बाहिरिएको साउदी अरेबियाले इजिप्टलाई हरायो

काठमाडौं, असार ११ । एसियाली टीम साउदी अरेबियाले विश्वकपको दोस्रो चरणमा स्थान नबनाएपनि अन्तिम खेल भने एेतिहासिक बनाएकाे छ । आज सम्पन्न इजिप्टसँगको खेलमा इन्जुरी टाइमको गोलको मदतमा साउदी विजयी भयाे ।

सोमबार साँझ भएको खेलको अन्तिम मिनेटमा साउदी अरबका सलिम अल दसारीले गोल गरेर टीमलाई नक आउट चरणमा पुर्याए । खेलमा साउदीले इजिप्टलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

साउदीको यो २४ वर्षपछि विश्वकपमा पहिलो जित हो । इजिप्ट भने अझै विश्वकपमा जितविहीन भयो । विश्वकपमा साउदी अरेबियाको सन् १९९४ पछि पहिलो जित हो ।

खेलमा अग्रता भने इजिप्टले लिएको थियो । २२ औं मिनेटमा मोहम्मद सलाहले गोल गरे ।

४१ औं मिनेटमा साउदीले पेनाल्टी पायो । तर, अल मुवालेदको प्रहार इजिप्टका गोलकिपर इसाम अल हदारीले रोके । उनी विश्वकप खेल्ने पाका खेलाडी पनि हुन् ।

पहिलो हाफको थपिएको समयमा अल फराजले साउदीका लागि पेनाल्टीमार्फत बराबरी गोल फर्काए । खेल बराबरीमा सकिने अनुमान भइरहँदा अल दोसारीले इन्जुरी टाएममा गोल गर्दै साउदी अरेबियालाई २–१ को जित दिलाएका छन् ।

रुस विश्वकपको पहिलो खेलमा घरेलु टोलीसँग ५–० ले पराजित भएको साउदीले दोस्रो खेलमा सुधार गर्दै उरुग्वेसँग एक गोल मात्र खाएको थियो । तर, समूह चरणबाटै बाहिरिएको उसले अन्तिम खेललाई भने स्मरणीय बनाएको छ ।

इजिप्ट २८ वर्षपछि विश्वकपमा सहभागी भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *