अजित र राजपुरा पहिलो, साग स्वर्ण विजेता सन्तोषी सम्मानित

फागुन २४, काठमाडौं । अजितकुमार यदाव र राजपुरा पछाईं दोश्रो मदन भण्डारी स्मृति ठमेल रोड रेसको खुलातर्फ शनिबार पहिलो भएका छन् ।   

तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजित पुरुष र राजपुरा महिलामा पहिलो भएका हुन् । 

अजितले निर्धारित ५ किलोमिटर दूरी १६ मिनेट १४.०१ सेकेन्डमा पूरा गरे । प्रकाशसिंह ऐरी (१८ मिनेट ५४.०७ सेकेन्ड) दोश्रो तथा सन्तोषनाथ योगी (१८ मिनेट १२.०९ सेकेन्ड) तेश्रो भए ।   

4.jpg

राजपुराले निर्धारित ५ किलोमिटर दूरी तय गर्न १८ मिनेट २३.८९ सेकेन्ड समय खर्चिन् । सकुन्तला ठगुन्ना (२० मिनेट ५५.३८ सेकेन्ड) दोश्रो तथा अन्ना म्याकेर्डन (२३ मिनेट १५.४) सेकेन्ड) तेश्रो भए ।   

दुवै समूहमा पहिलो हुनेले २५ हजार, दोश्रोले १२ हजार र तेश्रोले ८ हजार नगद पुरस्कार हात पारे । 

स्कुलतर्फ ब्वाइजमा नारायणकुमार कुश्वा पहिलो, ईश्वर बस्नेत दोश्रो तथा अजय तामाङ तेश्रो भए । उक्त स्पर्धाको गल्र्समा स्वस्तिका बोहरा, सुनिता श्रेष्ठ र अन्जु खड्काले क्रमशः शीर्ष तीन स्थानमा दौड पूरा गरे ।   

ब्वाइज/गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ५ हजार नगद पुरस्कार पाए । 

पुरुष भेट्रानमा धर्म महर्जन पहिलो, भीमबहादुर गुरुङ दोश्रो र राजु भण्डारी तेश्रो बने ।   

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे । बाँकी तीन स्पर्धाको दूरी पनि ५ किलोमिटर रहेको थियो । 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव एवं प्रदेश सांसद् केशव स्थापित, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका महासचिव वचन देउजा, सचिव ओमकृष्ण प्रसाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।   

सो अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौडकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो । 

मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहेको रन क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । 

सन्तोषी र गोपी विजयी 

बीर गणेशमान सिहको महिला तर्फ सन्तोषी श्रेष्ठ र पूरुष तर्फ गोपी चन्द्र पार्की बिजयी भएका छन र रुड्स फेसनले आयोजना गरेको दौडमा १३ औ सागका स्वर्ण पदकधारी गोयल डिजरबाट प्रतिनिधित्व गरेकी सन्तोषीले ३९ मिनेट १०.९८ से।. मा निर्धारित दुरी पार गर्दै प्रथम स्थान हॉसिल गरिन भने पूरुष तर्फ नेपाल ए पि एफ क्लवका गोपि चन्द्र पार्कीले ३२ मिनेट ०१.२ से । मा उपाधि रक्षा गरे ।   

साग स्वर्ण धारी पार्कीले २५६ धावकलाई पछि पार्दा सोही क्लवका खिम खत्री दोश्रा भए । खत्रीले ३४ मिनेट ३५.० से मा र तेश्रो स्थान कर्णाली स्पोर्टस क्लवका नरेश बुढा ३४ मि .३६.१ से. मा दुरी तय गर्दै कव्जा गरे र 

महिला तर्फ दोश्रो र तेश्रो स्थान नेपाल प्रहरीका धाविकाद्वय बिन्द्रा श्रेष्ठ ४० मि.११.२९ से र फुलमति राना ४० मि ५८.११ से मा दुरी पार गर्दै विजयी भए । 

दरबारमार्गबाट शुरू भएको सो दौडमा विभागिय टिम, विभिन्न संघ संस्था र अमेरिका, बेल्जियम , जर्मनी र कोरियाका करीव ४५ महिला र २५७ पूरुष सहित ३०२ धावकहरुको सहभागीता थियो ।   

बिजेता खेलाडीहरुलाई पदक, ट्रफि, प्रमाणपत्रको साथै पहिलो हुनेले ६०–६० हजार,दोश्रा हुनेले ३० हजार, तेश्राले  १५ हजार सहित पॉचौ सम्मलाई नगद पुरस्कार र दशौ स्थान सम्मलाई खेल सामग्रीहरु प्रदान गरीनुको साथै सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरियो  ।   

प्रमुख अतिथि नेपाली कॉंग्रेसका नेता एवं सॉसद प्रकासमान सिंह, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सुनिल श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, रुड्स फेसन प्रा लि का प्रवन्ध निर्देशक सन्जीव तुलाधर लगायतका खेल व्यक्तीत्वहरुले पूरस्कार प्रदान गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 7 =