पोल्याण्डमाथि कोलम्बियाको जित, विश्वकपबाटै बाहिरीयो पोल्याण्ड

काठमाडौँ, असार ११ । रुसमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा कोलम्बियाले शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा कोलम्बियाले पोल्याण्डलाई ३–० गोल अन्तरले हराएको हो ।

कप्तान राडेमेल फाल्काओले विश्वकपमा पहिलो गोल गर्दा कोलम्बियाले पोल्याण्डलाई ३–० ले पराजित गर्दै रसिया विश्वकपको अन्तिम १६ पुग्ने सम्भावना कायम राखेको छ। उता लगातार दवस्रो हारपछि युरोपियन राष्ट्र समूह चरणबाटै बाहिरिएको छ।

कजान एरिनामा कोलम्बियालाई जित दिलाउन यरी मिना, कप्तान राडमेल फाल्काओ र जुवान काउड्राडोले समान एक एक गोल गरे ।

जितपछि कोलम्बियाको २ खेलबाट ३ अंक भएको छ । २ खेलमा सेनेगल र जापानले समान ४ अंक जोडेका छन्। अब जापानले पोल्याण्ड तथा कोलम्बियाले सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको ४० औं मिनेटमा मिनाले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका । उनले हेडबाट उकृष्ट गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको कोलम्बियाले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ७० औं मिनेटमा फाल्काओले गोल गर्दै कोलम्बियालाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा काउड्राडोले गोल गर्दै कोलम्बियालाई ३–० को महत्वपूर्ण जित दिलाए । पोल्याण्डले खेलमा केहि राम्रो आक्रमण गरेपनि गोल निकाल्न नसक्दा कोलम्बियासँग स्तब्ध बनेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 13 =