संविधान कार्यान्वयनका लागि आवश्यक सबै कानुन असोजभित्र आइसक्छन्-सभामुख महरा

चितवन,असार १०। सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि आवश्यक सबै कानुन आगामी असोज २ गतेभित्र प्रतिनिधिसभाबाट पारित गरिसक्ने दाबि गरेका छन्।

भरतपुर महानगरपालिकाको दोस्रो नगरसभाको आइतबार उद्घाटन गर्दै सभामुख महराले धेरै कानुन बन्न बाँकी रहेकाले स्थानीय तहसम्मलाई हुने गरी नयाँ कानुनहरु ल्याइने बताए । कानुन नहुँदा स्थानीय तथा प्रदेश तहमा समस्या आएको उनको भनाइ छ ।

सभामुख महराले नयाँ कानुनहरू लागुपछि संघीयताको प्रष्ट कार्यान्वयन भएको देखिने बताए । संघीयता पक्षधरहरू यसको सफल कार्यान्वनका लागि एकजुट हुनुपर्नेमा उनको जोड रहेको छ ।

केन्द्र सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली नीतिलाई स्थानीय तहसम्म कार्यान्वयनको पक्षमा लैजान सभामुख महराले सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =